MovieActors.com - the quick and easy way to find great Movie Actors,Superstars, Character Actors, Best Actors, and the index for Best Actress winners.We hope you enjoy their bio, info and photos. You can also visit their best movies.

Discover Movie Stars from the past like Laurel & Hardy, Grace Kelly, Cary Grant, Humphrey Bogart, and Katharine Hepburn; while visiting new superstars of todaylike Ben Stiller, Samuel L. Jackson, Jennifer Lopez, and Gwenyth Paltrow!
Maoist Actors
कलाकारको एक समूह माओवादी दलमा प्रवेश गरेको समाचारले देश विदेशमा एक सनसनी उत्पन्न गरेको छ। सबैको मनमा लौ के देख्न परेको यो? भन्ने लागेको हुन सक्छ। किनभने कलाकारहरुलाई तिनका प्रशंसकहरुले कलाकारको कलात्मक क्षमताको आधारमा पूज्य मानेका हुन्छन् न कि कुनै राजनैतिक विचार या सिद्धान्तको आधारमा तिनका फ्यान बनेका हुन्छन् । राजनैतिक विचार र सिद्धान्तको आधारमा चिनिने नेताहरु त जतिभने पनि छँदैछन् र तिनका फ्यान होइन बरु तिनबाट वाक्क पनि भइसकेका छन् । यस्तो अवस्थामा सामान्य जनताका साझा समुह मानिएका कलाकारहरुले कुनै एक दलमा प्रवेश लिँदा खलबली उत्पन्न हुनु स्वाभाविकै हो ।पहिलेका यस्ता समाचारमा शायदै कसैले (सर्वसाधारण जनताहरुले) कान ठाडो पारेका या निधार मुख खुम्च्याएका होलान् । आजसम्म कति व्यक्तिहरुले कति दल त्यागे र कति दल फेरबदल गरेका छन् र यसलाई एक सामान्य प्रक्रियाको समाचारमा सिमित रहेको छ । किनभने राजनैतिक व्यक्तिहरुमा दल त्याग र प्रवेश सामान्य प्रकि्रया हो । तर जब सर्वसाधारण जनताका साझा मानिने व्यक्ति या समुहले कुनै विशेष राजनैतिक दलको झण्डा बोक्न थाल्छन् अनि साझापनमा प्रश्नचिन्ह सजिलै लाग्न सक्छ र अहिले भएको त्यहि हो ।अब अर्को जटिल तर स्वाभाविक प्रश्न उठेको छ । त्यो के भने कतै अब कुनै साहित्यकारका समुहले कुनै राजनैतिक दल प्रवेश गर्ने त होइन ?अन्त्यमा, दल प्रवेश गर्नु नगर्नु या कुनै राजनैतिक विचारधाराको अवलम्बन गर्नु कुनै पनि व्यक्तिको स्वतन्त्र निर्णय भएको र त्यस उपर प्रश्नचिन्ह उठाउन खोज्नु यस लेखको आशय चाहिँ पक्कै होइन।
Subscribe to:
Post Comments (Atom)
0 Response to "Best Actors"
Post a Comment